काठमाडौं । काठमाडौं जिल्लाका १० नगरपालिका मध्ये ७ वटामा मतगणना शुरू भएको छ । प्रारम्भिक मतगणनामा कांग्रेसले धेरै ठाउँमा लीड गरेको छ ।
शुरू भएकामध्ये ४ नगरपालिकामा कांग्रेस, ३ नगरपालिकामा एमाले र १ नगरपालिकामा राप्रपाले अग्रता लिएका छन् ।
किर्तिपुरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी ४२७ मतसहित अग्रस्थानमा छन् । एमालेका केशवरत्न बज्राचार्यले २ सय ८० मत प्राप्त गरेका छन् ।
कागेश्वरी मनोहरामा कांग्रेसका उपेन्द्र कार्की १५३ मतसहित अग्रस्थानमा छन् भने एमालेका रामशरण ढुंगाना १४१ मतसहित दोस्रो स्थानमा छन् ।
गोकर्णेश्वरमा एमालेका उद्धव विष्ट ७५२ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका दिलिप रिसालले ६८३ मत प्राप्त गरेका छन् ।
टोखा नगरपालिकामा एमालेका प्रकाश अधिकारी ९९ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसकी रजनी थापाले ६५ र माओवादीका शेखर श्रेष्ठले १३ मत पाएका छन् ।
तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णहरि महर्जन २६५ मतसहित पहिलो र एमालेका रामेश्वर बोहरा १५० मतसहित दोस्रो स्थानमा छन् ।
बूढानीलकण्ठमा एमालेका मीठाराम अधिकारी ७७८ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका विनोद चालिसे ४२८ मतसहित दोस्रो स्थानमा छन् ।
शंखरापुरमा राप्रपाका रमेश नापित १७५ मतसहित अगाडि छन् भने १७१ मतसहित कांग्रेसका कृष्णलाल बजगाईं दोस्रो स्थानमा छन् । नेकपा एसका लक्ष्मीप्रसाद श्रेष्ठले १४८ मत प्राप्त गरेका छन् ।
चन्द्रागिरीमा नेपाली कांग्रेसका घनश्याम गिरीले १८२ र एमालेका उत्तम राउतले ५१५ मत प्राप्त गरेका छन् । दक्षिणकाली र नागार्जुन नगरपालिकामा मतगणना शुरू भएको छैन ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend