Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धनले कांग्रेस कमजाेर भएकाे छैन: प्रधानमन्त्री देउवा


    शुक्रबार, बैशाख ३० २०७९
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् ।

    शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेका देउवाले संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।

    उनले सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेकाे बताए । ‘निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भएका छन्। स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्त्वपूर्ण थियो । अहिले निर्वाचन भएकाे छ,’ उनले भने ।

    देउवाले गठबन्धनले कांग्रेस कमजोर नभएकाे बताए । कांग्रेस नेतृत्वकाे सत्ता गठबन्धनले चुनावमा पनि तालमेल गरेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार