Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सहमहामन्त्री आङदेम्बेले मतदातालाई भने– क्षमतावान प्रतिनिधि छनोट गर्नुहोस्


    शुक्रबार, बैशाख ३० २०७९
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले गृह जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडास्थित शान्ति क्षेत्र आधारभूत विद्यालयमा मतदान गरेका छन् । बिहान ७ बजे पुगेर उनले मतदान गरेका हुन् । 

    मतदान गरेपछि उनले निर्वाचनलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ र राज्यको पुनः संरचनापछि केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रिकृत गरेर गाउँगाउँमा सिंहदरबार स्थापना गर्ने अभियान भएको बताएका छन् ।

    निवर्तमान हुन लागेका जनप्रतिनिधिहरूले सञ्चालन गरेका अधुरा योजनालाई सम्पन्न गर्न र आम नागरिकको चाहनाअनुसार विकास निर्माण कार्य अगाडि बढाउन उनको आग्रह छ । 

    निर्वाचनमार्फत असल, योग्य, सक्षम एवं क्षमतावान प्रतिनिधि छनोट गर्न मतदाताहरूले मतदान गर्नुपर्नेमा जोड दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार