Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  तिनपाने–तामाखानी सडकखण्ड अनिश्चितकालीन बन्द


    बुधबार, चैत्र ५ २०७६
    890
    Shares
  • २ मिनेट पाठ
  •  ललितपुर, ५ चैत । ललितपुरको बागमती गाउँपालिका ३ नम्बर वडा कार्यालयले तिनपाने–तामाखानी सडकखण्डमा सवारी साधन चल्न नदिने घोषणा गरेको छ ।

     भोली अर्थात् चैत ६ गतेदेखि तिनपाने–तामाखानी सडकखण्ड अनिश्चितकालीन बन्द हुने भएको छ। चापागाउँ प्रहरीले जनप्रतिनिधिहरुलाई दुर्व्यवहार गरेको भन्दै वडा कार्यालयले आफ्नो लेटर प्याडमा विज्ञप्ति जारी गरी कान्तिलोकपथ खण्डमा चक्काजाम गर्नुको साथै सडक बन्द गरिएको हो । 

    वडाअध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएअनुसार बन्दको बेला दूध तथा तरकारी बोक्ने गाडी, एम्बुलेन्स र अतिआवश्यक सवारी साधनहरुलाई रोक नलगाइने छैन । 

    यही चैत चार गते भट्टेडाँडाको छपेलीमा स्थानीयबीच झगडा भएको थियो । झगडा मिलाउन दुवै पक्ष बसेको बेला प्रहरी वृत्त चापागाउँका इन्सपेक्टर राजन लम्साल नेतृत्वको समूहले वडा अध्यक्ष र सदस्यहरुलाई लछारपछार गरेकाले त्यसको विरोधमा बन्द गरेको वडा अध्यक्ष तिमल्सिनाले बताए ।

    उनले भने, ‘हामीमाथि सीडीओले पक्राउ गरेर ल्याउने आदेश दिनु भएको छ भन्दै प्रहरीले गोली समेत ताकेर ज्यादतीपूर्ण व्यवहार गरे ।’

      घटनाको छानबिन गरी इन्सपेक्टर लम्साललगायतका प्रहरीहरुलाई कारबाही गर्नुपर्ने वडा कार्यालयको माग रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार