Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सञ्जु चाैधरीको शव नेपालगञ्ज पठाउने


    मंगलबार, बैशाख २७ २०७९
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारोत्तोलनतर्फ १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरीको शव गृहजिल्ला नेपालगञ्ज पठाइने भएको छ । सञ्जुको शव गृहनगर पठाउने नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस)ले जानकारी दिए ।

    त्यसअघि घरेलु भूमिमा भएको १३औं सागमा भारोत्तोलनतर्फ ऐतिहासिक स्वर्ण पदक जितेकी सञ्जुको शव राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषद्‌मा राखिने श्रेष्ठले बताए । ‘केही समय हामीले राखेपमा सानो कार्यक्रम राखेका छौं । लगत्तै शवलाई नेपालगञ्ज पठाउँछौं,’ श्रेष्ठले भने । 

    अहिले सञ्जुको शव पाटन अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।  

    यसअघि मंगलबार बिहान ललितपुरस्थित लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा सञ्जु मृत अवस्थामा भेटिएकी थिइन् । 

    अघिल्लो रात प्रशिक्षक महर्जनको घरमा पार्टी गरेर साथीहरूसँग रमाएकी सञ्जु बिहान एक्कासि कोठामा झुण्डिएको अवस्थामा भेटिएकी श्रेष्ठले बताए ।  

    सञ्जु सागमा भारोत्तोलनतर्फ स्वर्ण पदक जित्ने पहिलो खेलाडी हुन् । २३ वर्षीय सञ्जु हाल चीनमा हुने १९औं एसियाली खेलकुदको तयारीमा थिइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार