Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचनका समयमा पानी पर्ने देखिएपछि त्रिपालको व्यवस्थापन गर्न आयोगको निर्देशन


    मंगलबार, बैशाख २७ २०७९
    565
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको समयमा पानी पर्ने भन्दै सचेत गराएको छ । विभिन्न स्थानमा पानी पर्ने सम्भावना देखिएको भन्दै महाशाखाले सचेत गराएको हो । 

    स्थानीय तह निर्वाचनको दिन पानी पर्ने सम्भावना देखिएपछि निर्वाचन आयोगले सबै निर्वाचन अधिकृतको कार्यालयलाई त्रिपाललगायत आवश्यक सामग्रीको व्यवस्थापन गर्न निर्देशन दिएको हो । 

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपेटिका सुरक्षित राख्नको लागि स्थानीय तहसँग समन्वय गरेर आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको बताए । 

    ‘हामीले मौसम पूर्वानुमान महाशाखासँग छलफल गरेका थियौं । २८, २९ र ३० गते पानी पर्ने सम्भावना छ भन्ने कुरा आयो । हामीले त्यसका लागि आवश्यक बन्दोबस्त मिलाउन भनेका छौं,’ प्रवक्ता पौडेलले भने । 

    तत्काल आयोगले पानीबाट ओत्ने सामग्री खरिद गरेर पठाउन सकिने सम्भावना नरहेको उनले बताए । ‘तत्काल आयोगले यहाँबाट पानीबाट ओत्ने सामग्री खरिद गरेर पठाउने सम्भावना छैन्,’ प्रवक्ता पौडेलले भने, ‘त्यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहहरूलाई यसको लागि बन्दोबस्त गर्न भनिसकेका छौं ।’ 

    स्थानीय तहमा रहेको विपद् व्यवस्थापन कोष र विपद् व्यवस्थापन समितिसँग यस्ता खालका सामाग्री रहेकाले त्यहीबाट व्यवस्थापन गर्न भनिएको उनको भनाइ छ । 

    ‘स्थानीय तहमा विपद् व्यवस्थापन कोष र विपद् व्यवस्थापन समिति रहने गर्छ । यस्तो खालको सामाग्रीहरू प्रशस्त मात्रामा हुन्छन्,’ उनले भने, ‘त्यहाँबाट व्यवस्था गरेर निर्वाचन सामाग्री र मतदानको कार्यक्रम प्रभावित नहुनेगरी आयोगले निर्देशन दिइसकेको छ ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार