एजेन्सी । फिलिपिन्सका पूर्वतानाशाहका छोराले देशको राष्ट्रपति चुनावमा प्रारम्भिक अग्रता लिएका छन् । फर्डिनान्ड बोङ्बोङ मार्कोस जुनियरले आफ्ना प्रतिद्वन्द्वीको तुलनामा अग्रता कायम गरेका छन् ।
फर्डिनान्डले १ करोड ८० लाख मत प्राप्त गरेका र उनका प्रतिद्वन्द्वीले ८५ लाख मत प्राप्त गरेका एउटा अनौपचारिक तथ्यांकले देखाएको छ ।
मत सर्वेक्षणले भविष्यवाणी गरे जस्तै मार्कोेस विजयी भएमा ३६ वर्षअघि जनताको विद्रोहद्वारा सत्ताच्युत गरिएको मार्कोस वंशको सत्तामा पुनरागमन हुनेछ ।
मार्कोसका मुख्य प्रतिद्वन्द्वी तथा उपराष्ट्रपति लेनी रोब्रेडो उदारवादी नेताका रुपमा परिचित छन् । सन् २०१६ मा जस्तै आधिकारिक रूपमा विजेता घोषणा हुन केही दिन लाग्ने अनुमान गरिएको छ ।