Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आईपीएलः कोलकाताको पाँचौ जित, मुम्बई पराजित


    मंगलबार, बैशाख २७ २०७९
    435
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मुम्बई इण्डियन्सलाई ५२ रनले पराजित गर्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पाँचौ  जित निकालेको छ ।

    सोमबार राति कोलकाताले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै जम्मा ११३ रन मात्र बनायो ।

    मुम्बईका इशान किशनले सर्वाधिक ५१ रन बनाए । यस्त केइरन पोलार्डले १५ रनको योगदान गरे । कोलकाताका प्याट कमिन्सले ३ विकेट लिए ।

    यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १६५ रनक योगफल तयार पारेको थियो ।

    कोलकाताका नितिश राना र भेन्काटेस एयरले समान ४३ रन बनाए  । अजिन्का रहानेले २५ रनको योगदान गरे ।  मुम्बईका जस्प्रित बुम्राहले ५ विकेट लिए ।

    जितसँगै कोलकाता १२ खेलबाट १० अंक जोडेर सातौ स्थानमा  छ  । मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार