Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रीलंका संकटः राष्ट्रपति राजापाक्षे परिवारको घरमा आगजनी


    मंगलबार, बैशाख २७ २०७९
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् ।

    प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका थिए । तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउसो पदबाट राजीनामा दिएका थिए । 

    प्रदर्शनकारीले तीन पूर्वमन्त्री र दुई जना सांसदको घरमासमेत आगजनी गरेका छन् । झडपमा सत्तारुढ दलका सांसदको मृत्यु भएको छ । झडपमा सांसद अमरकिर्थी अथुकोरालाको मृत्यु भएको हो ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार