Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस बागमती प्रदेश प्रतिनिधिकाे धारिलो हतियार प्रहारबाट हत्या


    सोमबार, बैशाख २६ २०७९
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन ।  भरतपुर महानगरपालिका–१२ मिलनचोक बस्ने नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि २५ वर्षीय अनिल परियारको धारिलो हतियार प्रहारबाट आइतबार राति मृत्यु भएको छ । 

    सोही महानगरपालिका–७ कृष्णपुर नगर प्लटीङस्थित मोटरसाइकल आएका २÷३ जना अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गर्दा अनिल गम्भीर घाइते भएका थिए । 

    उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी बिट कृष्णपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । 

    घटनामा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    कांग्रेस चितवन सभापति राजेश्वर खनालले आज प्रेस विज्ञप्ति जारी गर्दै धारिलो हतियार प्रहार गरी अनिलको हत्या भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

    279914054_707173893761953_2412038903752515134_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार