Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपाधि विजेता रियल मड्रिड एट्लेटिकोसँग पराजित


    सोमबार, बैशाख २६ २०७९
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले उपाधि विजेता रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ ।

    घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन खेलको ४०औं मिनेटमा यान्निक कारास्कोले पेनाल्टी मार्फत गोल गरे । 

    यूइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको रियलले यस अघिनै ला लिगाको उपाधी जितिसकेको छ । 

    पराजित भएपनि३५ खेलमा ८१ अंक जोडेको रियल शीर्ष स्थानमा यथावत  छ । जितसँगै एट्लेटिकोले ३५ खेलबाट ६४ अंक जोडेर चौंथो स्थानमा  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार