Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरामा आज गठबन्धनको चुनावी सभा, देउवा र प्रचण्डसहित शीर्ष नेता आउँदै


    आइतबार, बैशाख २५ २०७९
    525
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । पाँच दलीय गठबन्धनले आइतबार पोखरामा चुनावी सभा गर्दै छ । महानगर र कास्की लक्षित पालिकाहरुको चुनावका लागि आमसभा आयोजना गरिएको हो । सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरू पोखरा आउने क्रम सुरु भएको छ ।

    गठबन्धनले आइतबार पोखराको अमरसिंहचौरमा बृहद चुनावी आमसभा गर्न लागेको हो । चुनावी सभाअघि पोखराका विभिन्न चोकबाट र्‍याली निकालिनेछ ।  सभालाई पाँचदलीय गठबन्धनले शक्ति प्रदर्शनको रुपमा लिएको छ । एमालेको बर्चस्व रहेको पोखरामा सत्ता हातमा लिन गठबन्धनका निकै चुनौति छ ।

    त्यसो त एमालेबाटै फुटेर बनेको पार्टी एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्य पोखराको मेयरका उम्मेद्वार छन् ।  एमालेबाट कृष्ण थापा चुनाव लड्दैछन् । गठबन्धनको उपमेयर उम्मेद्वारमा कांग्रेस नेतृ कोपीला रानाभाट छिन् ।

    यसैबीच, गठबन्धनको सभामा जनता समाजवादी भने सहभागी नहुने भएको छ । जसपाका पोखरा अध्यक्ष राजु क्षेत्रीले गठबन्धनबाट आफ्नो पार्टी अलग भइसकेको बताए । उनले चुनावी सभामा आफ्नो दलको चुनाव चिह्न प्रयोग नगर्न पनि आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार