Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनावी प्रचारप्रसारका क्रममा स्थापित र बालेनकाे जम्काभेट, देखाए एकअर्कामा हार्दिकता


    आइतबार, बैशाख २५ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवारद्वय एमालेका केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच भेट भएकाे छ ।

    आज बिहान काठमाडौंको शान्तिनगर क्षेत्रमा चुनावी प्रचारप्रसार तथा घरदैलोका क्रममा स्थापित र बालेन समूहबीच जम्काभेट भएको हाे। 

    भेटमा स्थापित र बालेन हार्दिकता देखाउँदै अंकमाल गरेर एकअर्कालाई शुभकामना दिएका थिए ।

    चुनावी प्रचारप्रसारका क्रममा केही दिनअघि स्थापितले बालेनलाई आफ्नो परिचय लुकाएर भोट माग्ने गरेको आरोप लगाएका थिए । 

    बालेनले भने स्थापितका अभिव्यक्तिमा जवाफ दिँदै स्थापित आफ्नो ‘बान्ड एम्भेस्डर’ भएको प्रतिक्रिया दिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार