Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप १४ जनामा कोरोना संक्रमण पुष्टि, २०५ जना सक्रिय संक्रमित


    शनिबार, बैशाख २४ २०७९
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १४ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७१६ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार १ हजार ४२० पीसीआर परीक्षण गर्दा ११ जना र १ हजार २९६ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने देशभर २०५ जना सक्रिय संक्रमित रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार