Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केशव स्थापित मानसिक विचलन भइसकेको व्यक्ति हो: कृष्ण बाँनिया


    शुक्रबार, बैशाख २३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बाँनियाले नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापित मानसिक विचलन भइसकेको व्यक्ति भएको बताएका छन् । 

    रत्नपार्कस्थित शान्तिवाटीकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभामा बोल्दै सभापति बाँनियाले स्थापित मानसिक विचलन भइसकेको व्यक्ति भएको बताएका हुन् । 

    मानसिक विचलन भएरै जथाभावी बोल्दै गर्ने, सम्मान गर्नुपर्ने महिलाहरूका विषयलाई अपमानित गराउने कार्य गर्दै आएको उनको भनाई छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले मेयरमा सिर्जना सिंहलाई उठाएको भन्दै उनलाई जिताउन सबैमा अनुरोध गरे । 

    ‘मानसिक रूपमा विचलन भइसकेपछि जथाभावी बोल्दै हिडिरहेका छन् । नेकपा एमालेले त्यस्तो व्यक्तिलाई मेयरमा उठाएको छ । यदि जित्यो भने पनि काठमाडौंकाे विकास कसरी गर्छ ?’ उनले प्रश्न गरे । 

    काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको सभामा गठबन्धनका नेताहरूले सम्बोधन गरिरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार