काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्न टेन्डर आहृवान गरेको छ ।
प्राधिकरणले शुक्रबार टेन्डर आहृवान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरुसँग आहृवान गरेको हो ।
प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकाे विद्युत पाँच महिना अर्थात् १७ असारदेखि २९ कात्तिक २०७९सम्म बिक्री गर्ने छ ।
भारतको केन्द्रीय विद्युत नियमन आयोगमार्फत विद्युत् व्यापारका लागि अनुमति प्राप्त टे्रडिङ कम्पनीहरु, विद्युत वितरण कम्पनीहरुलगायतले बिद्युत खरिदका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
नेपालबाट विद्युत खरिद गर्न इच्छुक कम्पनीहरुले आगामी १३ जेठ मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन् र सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिने छ ।