Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


    शुक्रबार, बैशाख २३ २०७९
    670
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७२ पैसा र बिक्री दर १२२ रुपैयाँ ३२ पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ छ पैसा र बिक्री दर १२९ रुपैयाँ सात पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ छ पैसा र बिक्री दर १५३ रुपैयाँ ८२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ ५५ पैसा र बिक्री दर १२५ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९२ पैसा र बिक्री दर ८८ रुपैयाँ ३६ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ एक पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ३९ पैसा र बिक्री दर नौ रुपैयाँ ४४ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिद दर ३२ रुपैयाँ ४५ पैसा र बिक्री दर ३२ रुपैयाँ ६१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३७ पैसा र बिक्री दर ३३ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६७ पैसा र बिक्री दर नौ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार