Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साताभर झण्डै ११८ अङ्कले घट्यो शेयर बजार


    शुक्रबार, बैशाख २३ २०७९
    665
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । यो साता तीन दिन खुला रहेको शेयर बजार झन्डै ११८ अङ्कले घटेको छ । यो साता सोमबार, बुधबार र बिहीबार मात्रै कारोबार भएको हो ।

    वैशाख १५ गते बिहीबार २,३५६.१७ मा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन बिहीबार २,२३८.६२ मा अडिएको छ । बिहीबार नेप्से  परिसूचक  न्यूनतम  २२२५.७९  र  उच्चतम  २२७५.४२ बीच रह्यो ।

    बिहीबार  शेयर  बजारमापक  नेप्से  परिसूचक  ३७.०६  अङ्कले  ओरालो  लागेर  २२३८.६२  को  बिन्दुमा पुगेर रोकिएको हो ।

    सेन्सेटिभ इन्डेक्स पनि ४.३४ अङ्कले ओरालो लागेर ४३२.५५ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको अन्तिम दिनको शेयर बजार १.६३ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.९९ प्रतिशतले ओरालो लागेको छ । बिहीबार एक अर्ब ६५ करोड ४५ लाख ६१ हजार २४७ रुपियाँको कारोबार भएको छ ।

    बिहीबारको कारोबार  रकम  अघिल्लो  साताको  बुधबारयताको  सबभन्दा बढी हो ।कारोबार भएको सेयरको सङ्ख्या पनि बढेर ४६ लाख ७४ हजार ९४० कित्ता शेयर पुगेको छ । बुधबार २७ लाख ३६ हजार ४१४ कित्ता शेयर कारोबार भएको थियो । बिहीबारको कारोबार भएको शेयर कित्ता विगत पाँच कारोबार दिनयताको सबभन्दा बढी हो ।

    बिहीबार   कारोबारमा   आएका   १३   वटै   उपसमूहको परिसूचक ओरालो लागेको छ । विकास बैङ्क,  वित्त,  होटल  तथा  पर्यटन,  जलविद्युत्,  लगानी,  जीवन  बीमा,  निर्जीवन  बीमा  र  व्यापार  उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

    त्यस्तै बैङ्किङ, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

    बिहीबार   जाल्पा   लघुवित्तको   सेयरमूल्य   सर्वाधिक १० प्रतिशतले बढेको छ । घलेम्दी हाइड्रो, मैलुङ खोला जलविद्युत् कम्पनी, शिवश्री हाइड्रोपावर, युनियन हाइड्रोपावर, ग्रिन भेन्चर्स, पञ्चकन्या माई हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार