Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपा नेपालका कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा


    बिहिबार, बैशाख २२ २०७९
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

    आफ्नाे कसैसँग कुनै गुनासो नरहेकाे बताउँदै उनले आज राप्रपा नेपालको केन्द्रीय कार्यालयमा कोषाध्यक्ष र साधारण सदस्य पनि नरहने गरी राजीनामा बुझाएका हुन् । 

    गुरूङ अध्यक्ष थापाका लामो समयदेखिका सहकर्मी थिए । थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष हुँदादेखि नै उनीहरू बीच सम्बन्ध राम्रो थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार