Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनुषामा उम्मेदवारका बुवामाथि धारिलो हतियार प्रहार, घाइतेकाे अवस्था चिन्ताजनक


    बिहिबार, बैशाख २२ २०७९
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनुषा । धनुषाको कमला नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका ७० वर्षीय बुबामाथि धारिलो हतियार प्रहार भएको छ ।

    उम्मेदवार बुवा चन्द्रनारायण यादवलाई बुधबार राति घरमै अज्ञात समूहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको हो । धनुषा प्रहरीका अनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

    वडाध्यक्षका उम्मेदवार यादवले खुकुरी र चक्कुसहित अज्ञात समूह आफूलाई आक्रमण गर्न आएको तर बुवामाथि उनीहरूले आक्रमण गरेको दाबी गरे ।

    घाइते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको धनुषा प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए ।  उनको शरीरमा २० भन्दा बढी ठाउँमा टाँका लागेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार