Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुकीको सजायमाथि पुनर्विचार गर्न गरिएको आग्रह म्यानमार अदालतद्वारा खारेज


    बिहिबार, बैशाख २२ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । म्यानमार अदालतले भ्रष्टाचारविरूद्धको अभियोगमा आफूलाई सुनाइएको सजायबारे पुनर्विचार गर्न नेता आङ सान सुकीले गरेको अपिललाई बुधबार अस्वीकार गरेको छ।

    गत साता सुनाइएको भ्रष्टाचार आरोपमा पाँच वर्षको सजायको विरूद्धमा सैनिक बलमा पदच्युत गरिएकी आङ सान सुकीले अपिल गरेकी थिइन्।

    नोबेल पुरस्कार विजेता सुकीलाई नगद र सुनको घूस स्वीकार गरेकोमा दोषी ठहर गर्दै गत हप्ता पाँच वर्षको जेल सजाय सुनाइएको थियो।

    उक्त फैसलाविरूद्ध सुकीको कानुनी टोलीले अपिल दायर गरेको थियो। सुकीलाई सैनिकविरूद्ध उक्साहट दिएको अभियोगमा यसअघि नै छ वर्ष जेल सजाय सुनाइएको छ। उनले कोभिड–१९ नियम उल्लंघन गर्दै दूरसञ्चार ऐन तोडफोड गरेको अदालतले ठहर गरेको हो।

    यो अवधिमा उनी राजधानी न्यापितस्थित कुनै अज्ञात स्थानमा नजरबन्दमा रहने पनि बताइएको छ।

    उनलाई अन्य थुप्रै मुद्दा लगाइएको छ। तीमध्ये राज्यको गोपनियता भंग गरेको, विभिन्न विषयमा भ्रष्टाचार गरेको र चुनावी ठगीका थुप्रै अभियोगहरू उल्लंघन गरेको आरोप मुख्य छन्। यदि उनीमाथि लगाइएका सबै अभियोगमा दोषी ठहरिएमा उनलाई सय वर्षभन्दा बढी जेल सजाय हुनेछ।

    पत्रकारहरूलाई अदालतको सुनुवाइमा उपस्थित हुन रोक लगाइएको थियो। अहिले पनि सुकीका वकिलहरूलाई सञ्चारमाध्यमसँग कुरा गर्न प्रतिबन्ध लगाइएको छ।

    म्यानमारको मानव अधिकार अनुगमन समूहका अनुसार गत फेब्रुअरीमा सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएका प्रदर्शन, विरोध र सरकारविरोधी अभियान सञ्चालनका क्रममा भएका झडपहरूमा कम्तीमा एक हजार ८०० भन्दा बढी मानिसहरू मारिएका छन् र १३ हजारभन्दा बढी गिरफ्तार भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार