Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सत्ता गठबन्धनले भरतपुरमा गर्न लागेको चुनावी सभास्थल नै जलमग्न


    बिहिबार, बैशाख २२ २०७९
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । चितवनको भरतपुरमा सत्ता गठबन्धनले आयोजना गर्न लागेको संयुक्त चुनावी सभा वर्षाका कारण प्रभावित हुने देखिएको छ ।

    गएरातिको वर्षाका कारण जलमग्न भएपछि चुनावी सभा प्रभावित हुने देखिएको हो । गठबन्धनले चुनावी सभामा शीर्ष नेताहरूलाई सम्बोधनका लागि भरतपुरको हाकिम चोकमा मञ्च बनाएको छ । तर, वर्षाका कारण कार्यक्रमस्थल भने डुबानमा परेको छ । 

    चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरू बुधबार नै चितवन पुगिसकेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार