Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेबाट उम्मेदवार बनेका ढकालको घर छेउँमा शंकास्पद वस्तु फेला, बम हुनसक्ने आशंका 


    बिहिबार, बैशाख २२ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेबाट सुन्दरहरैंचाको वडा नम्बर ११ मा वडा सदस्य पदमा उम्मेद्वारी दिएका जीवनाथ ढकालको घर छेउमा शंकास्पद वस्तु फेला परेको छ ।

    पूर्व माओवादी ढकालको सुन्दरहरैंचा–११ शुक्रबारेमा रहेको घर नजिकै आज बिहान सो वस्तु फेला परेको हो । शंकास्पद वस्तुमा तार जोडिएको र केही पर्चा पनि देखिएको स्थानीयले बताएका छन् । 

    बिहान झिसमिसेमा भैंसी दुहुन जाने क्रममा परिवारका सदस्यले शंकास्पद वस्तु देखेर प्रहरीलाई जानकारी गराएका थिए । अहिले इलाका प्रहरी कार्यालय बेलबारीको टोली आएर सो क्षेत्रलाई सुरक्षा घेरामा राखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार