Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज बैशाख २२ गते बिहिवारको राशिफल


    बिहिबार, बैशाख २२ २०७९
    755
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । २२ वैशाख २०७९, बिहिवार तदनुसार  ५ मे २०२२। वैशाख शुक्ल चतुर्थी, यस्तो छ आजको भाग्यफल 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आज बन्धुबान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ, तर मन दुखित पनि रहला ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक कार्यमा मन जानेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको साथ र सहयोग पाइनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज मन खिन्न हुने स्थिति आउनेछ । मानसिक चिन्ता र चञ्चलता बढेको महसुस हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आफ्नो चलाख्याईंले गर्दा सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । धार्मिक कार्यमा मन जानेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    .आज मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाइनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    .सरकारी निकायको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यप्रति सजग रहनु होला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मनलाग्ने छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।सन्तान सुख पनि मिल्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्ला । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार