Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गर्भपतनबारे चुहावट भएको दस्तावेज ‘वास्तविक’: अमेरिकी सर्वोच्च अदालत


    बुधबार, बैशाख २१ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । लाखौं अमेरिकी महिलाले गर्भपतनको कानुनी अधिकार गुमाउन सक्ने भन्ने चुहावट भएको एउटा मस्यौदा वास्तविक भएको सर्वोच्च अदालतले पुष्टि गरेको छ । सो दस्तावेज मंगलबार चुहावट भएको थियो । 

    मस्यौदालाई पहिलो पटक अमेरिकी वेबसाइट पोलिटिकोले प्रकाशित गरेको थियो ।

    तर, मस्यौदाले अदालतको अन्तिम निर्णयको प्रतिनिधित्व नगर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले बताए । गर्भपतनलाई वैधानिकता दिने सन् १९७३ को एतिहासिक फैसलालाई उल्ट्याउन सक्ने विषय चुहावट भएको दस्तावेजमा उल्लेख छ ।  

    यसैबीच राष्ट्रपति जो बाइडेनले सो निर्णय अगाडि बढे स्वतन्त्रता सम्बन्धी प्रश्न उठाउने बताएका छन् । चुहावट भएको दस्ताबेजलाई ‘फस्ट ड्राफ्ट’ भनिएको छ । त्यसमा अदालको बहुमतको राय प्रतिबिम्बित भएको देखिन्छ । 

    रो भी वेड नामको सो मुद्दाको निर्णय उल्टिए त्यसले अमेरिकामा आधा राज्यहरूमा गर्भपतनमाथि रोक लाग्न सक्छ । 

    मस्यौदा चुहावट भएको विषयप्रति सर्वोच्चले गम्भीर उल्लंघन भनेको छ । एउटा विज्ञप्तिमा प्रधानन्यायाधीश रोबर्टसले त्यसबारे अनुसन्धान गर्न सर्वोच्च अदालतको मार्शललाई निर्देशन दिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार