Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भुवन केसी, श्वेता खड्का र रविन्द्र खड्का कांग्रेसमा प्रवेश, देउवाले गरे स्वागत


    मंगलबार, बैशाख २० २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । अभिनेता भुवन केसी, अभिनेत्री श्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का काँग्रेस प्रवेश गरेका छन् ।

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच भुवन, श्वेता र रवीन्द्रलाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए । 

    यसअघि एमालेमा संलग्न रहेपनि अभिनेता केसी निष्क्रिय जस्तै थिए । तर खड्का भने दलीय राजनीतिमा खुलेकी थिइनन् । 

    पार्टीमा प्रवेश गराउँदै देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार