काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व ल्याएकाे १०० ग्राम सुनसहित एक जना यात्रु पक्राउ परेका छन् ।
चेकजाँचका क्रममा मिक्सरको भित्री भागमा करिब १०० ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको पाइएपछि रुपन्देहीका २८ वर्षीय युवकलाई नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जनाएको छ ।
कुवेतबाट जजिरा एअरमा आज मंगलबार बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका ती युवकले राजस्व छल्नकै लागि लुकाएर सुन ल्याएको कार्यालयले जनाएको छ ।
भन्सार ऐन २०६४ र आर्थिक ऐन २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउन पाउँछन तर उनीहरूले भन्सार कार्यालयमा घोषणा गरी राजस्व तिर्नुपर्छ ।