Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आईपीएलः कोलकातासँग राजस्थान पराजित


    मंगलबार, बैशाख २० २०७९
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्समाथि ७ विकेटको जित हात पारेको छ।

    सोमबार पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५२ रन बनाएको थियो। राजस्थानका लागि कप्तान सन्जु सामसनले ५४ रनको पाली खेलेका थिए। 

    जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले १९ ओभर १ बल खेल्दै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। कोलकालाका लागि नितिश रानाले अविजित ४८ र रिन्कु सिंहले अविजित ४२ रनको पाली खेले। 

    यससँगै कोलकाताले १० खेलबाट ८ अंक जोडेको छ। राजस्थानले भने समान खेलबाट १२ अंक जोडेको छ।

    ९ खेलबाट १६ अंक जोडेको गुजरात लिगको शीर्षस्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मुम्मबई पुछारमा छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार