Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइपीओको पर्खाइमा रहेका सर्बसाधारणलाई खुसीको खबर


    मंगलबार, चैत्र ४ २०७६
    625
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, चैत्र ४ 

    नेपाल पुनर्बीमा कम्पनीले आज मंगलबार चैत ४ गते देखी आइपीओ निष्कासन खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको हो । कम्पनीले कुल पुँजी १० अर्बको १६५ले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो ।

    जसमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरिएको र ५५ ले हुन आउने ८ लाख कित्ता सेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ताको लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । यसमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

     

    यसमा आरबीबी मर्चेन्ट बैकिंङ लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । यो आइपीओ निष्काशन बन्द छिटोमा चैत ७ गते हुनेछ, भने ढिलोमा चैत १८ गते हुनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

     

    हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ । यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत अवस्था भन्दा माथिल्लो आधार जनाउने ‘ग्रेड २’ रेटिङ दिएको छ । लामो समयदेखि आइपीओको पर्खाइमा रहेका सर्बसाधारण यो खुसीको खबर हो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार