Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नमूना मतपत्रमा चुनाव चिह्न नराखिएको भन्दै स्वतन्त्र उम्मेदवार धर्नामा


    सोमबार, बैशाख १९ २०७९
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा चुनाव चिह्न नै नराखिएको भन्दै जनकपुरधामका स्वतन्त्र उम्मेदवार मनोज साहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका छन् । 

    पार्टीबाट टिकट नपाएपछि बागी उठेका नेपाली कांग्रेसका नेता साह निर्वाचन आयोगले आफूलाई प्रदान गरेको चुनाव चिन्ह नमूना मतपत्रमा र वेबसाइटमा नराखिएको भन्दै आफ्ना समर्थकसहित धर्ना बसेका हुन्।

    नेपाली कांग्रेस, जनकपुरधाम उपमहानगरपालिकाको सभापति पदबाट राजीनामा दिंदै साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगले उनलाई घण्टाघर चुनाव चिह्न दिएको छ । तर, आयोगले सार्वजनिक गरेको धनुषाको नमूना पतपत्रमा त्यो चुनाव चिह्न छैन ।

    आफूले पाएको चुनाव चिह्न नमूना मतपत्रमा नदेखेपछि अन्यौलमा परेको उम्मेदवार साह बताउँछन् । ‘मसँग खेलवाड गर्न खोजिएको छ,’ उनले भने, ‘पटक-पटक निर्वाचन अधिकृतलाई भन्दा पनि सुनुवाइ भएन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार