Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश लोक सेवाले खुलायो  विभिन्न पदमा दरखास्त ( सूचनासहित )


    सोमबार, बैशाख १९ २०७९
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश नम्बर १ लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका पदहरूमा दरखास्त आह्वान गरेको छ।

    प्रशासनतर्फ अधिकृतमा ३७ जनाको माग भएको छ। यस्तै इन्जिनियरमा ९ जनाको माग भएको छ।

    कृषितर्फ सहायक कृषि प्रसार अधिकृतमा ११ जना माग भएको छ भने सहायक बाली विकास अधिकृतमा दुई जना माग भएको छ। बाली संरक्षण र बागबानीमा एकेक जना अधिकृत माग भएको छ।

    यस्तै भेटेरेनरीतर्फ सहायक पशु चिकित्सकमा ५ जना र शिक्षातर्फ अधिकृतमा ८ जना माग भएको छ।

    लिखित परीक्षा प्रशासनतर्फ अधिकृतका लागि साउन ७ गते अपरानह ३ बजे हुनेछ भने इन्जिनियरका लागि साउन १३ गते अपरान्ह ३ बजे परीक्षा हुनेछ।

    सूचना र परीक्षा तालिका आजको गोरखापत्रमा प्रकाशित गरिएको छ। परीक्षा केन्द्र विराटनगरमा हुनेछ। जेठ २ गतेसम्म इच्छुकले दरखास्त दिन पाउनेछन्।

    2022-05-02-12-13-05-gopa-pdf-1-pdf_VTLeapDYP2.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार