Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बार्सिलोनाको जितमा मेम्फिस र बुस्केटको गोल


    सोमबार, बैशाख १९ २०७९
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आरसीडी मालोर्कालाई २-१ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।

    आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाको जितमा मेम्फिस डिपाए र कप्तान सर्जियो बुस्केटले एक एक गोल गरे ।

    मालोर्काको लागि एन्थोनियोले सान्त्वना गोल गरे । जितपछी सिजनको सुरुआत खराब प्रदर्शनबाट सुरु गरेको बार्सिलोना दोस्रो स्थानमा रहेको छ ।

    बार्सिलोनाको ३४ खेलबाट ६६ अंक छ । समान खेलबाट सेभिया ६४ अंक सहित सेभिया तेस्रो स्थानमा छ । चार खेल अघि नै लिग उपाधी जितेको रियल ८१ अंक सहित शीर्ष स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार