Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भ्रष्टाचारमुक्त बर्दिबास र भूमिहिन सुकुम्वासीलाई लालपुर्जा बितरण पहिलो प्राथमिकता : नगरप्रमुख उम्मेदवार खड्का


    सोमबार, बैशाख १९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मोहतरीको बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार भएका राजु खड्काले  भ्रष्टाचारमुक्त बर्दिबास र भूमिहिनलाई लालपुर्जा बितरण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । 

    हिजो (आइतबार) बर्दिबास नगरपालिकाको वडा नम्बर ५ मा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमुक्त बर्दिबास निर्माणका लागि आफूले जित्नुपर्ने बताएका थिए । खड्काले अघिल्लो सरकारले गरेका सकारात्मक, नकारात्मक कामको समीक्षा गर्दै सबै सुविधासम्पन्न बर्दिबास बनाउन स्थानीय सरकारमा आफू आउनुपर्ने जिकिर गरे । भूमिहीन, अव्यवस्थित र सुकुम्बासीको समस्या सावधानको लागि लालपुर्जा वितरण अन्तिम प्रक्रिया मात्र बाँकी रहेको उनले बताए । उनले भने,‘अहिले आचारसंहिताका कारण वितरण गर्न सकिएन यो संघ र प्रदेशको निर्वाचन अगाडि नै वितरण गर्छौ ।’

    रातु नदीको  दोहन गरी बालुवा ग्रावेल सहयोग गरेको भन्दै समाजसेवी बन्न खोज्ने तस्करहरुलाई तहलगाउने पनि उनले बताए । वैदेशिक रोजगारीलाई निरुत्सासहत गरि बिभिन्न योजना बनाई युवालाई देशमा नै रोजगारी दिने पनि उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार