झापा । झापाको कन्काई नगरपालिकामा एक हप्ता अघिसम्म एमालेका नेता रहेका श्यामसुन्दर ओली स्थानीय तहको निर्वाचनको उम्मेदवारी दिने दिन राप्रपामा प्रवेश गरे । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग निकट रहेका श्यामसुन्दरलाई उनको पार्टी एमालेले टिकट दिएन । एमाले अध्यक्ष केपी ओलीको नातेदारसमेत रहेका श्यामसुन्दरलाई एमालेले टिकट नदिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेट्न हल्दिबारीस्थित लिङ्देनको घर गोलधापमा पुगे ।
श्यामसुन्दरलाई लिङ्देनले राप्रपामा प्रवेश गराई चुनाव लड्न टिकट दिए । लोकतन्त्र, सुशासन, राष्ट्रियता र विकासको मूल नारा लिएर वैकल्पिक शक्तिको रूपमा उदाएको दाबी गर्ने राप्रपाबाट कनकाई नगर प्रमुख पदमा श्यामसुन्दर उम्मेदवार बनेका छन् । देवीप्रसाद ओली (दाताराम)बाट समाजसेवा र राजनीतिप्रतिको लगाव उनमा देखिन्छ ।
२०५३ सालमा एमाले नेता युक्त भेटवालको चुनावी अभियानमा सरिक भएर कम्युनिष्ट राजनीतिको यात्रा सुुरु गरेका ओलीले केही दिन अघिसम्म एमालेमै रहेर आफ्नो राजनीतिक कर्मलाई निरन्तरता दिएका थिए । एमालेको आन्तरिक गुटबन्दीका कारण उनलाई नगर प्रमुखको टिकटबाट वञ्चित गरिएको उनी बताउँछन् ।
उनी जनचाहना बमोजिम राजनीतिमा आएको र जनसेवा नै आफ्नो अभिष्ट भएको दाबी गर्छन् । नेपाल विद्युत प्राधिकरणमा लामो समय काम गरेका ओलीले कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका तीनवटा वडामा विद्युत् विस्तारमा मुख्य भूमिका खेलेर उज्यालो नगरीको अभियानअघि बढाइरहेका छन् ।
जनताको जीवनशैलीलाई माथिल्लो तहमा लैजाने र मुलुकमा शान्ति अमनचयन कायम गर्ने लक्ष्य रहेको श्यामसुन्दर बताउँछन् । भ्रष्टाचारविरुद्ध उनले राप्रपाबाट कन्काई नगरको प्रमुखमा उम्मेदवारी दिएका हुन् । ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो,’ भन्ने राप्रपाका केन्द्रीय अध्यक्षको लाइनमा छन् उनी ।
कन्काई नगरमा व्याप्त सेटिङ मिलाएर राज्यकोषको दोहन गर्ने र जनताले तिरेको करको दुरुपयोग गर्ने परिपाटीका विरुद्ध आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।
उनी भन्छन्, ‘मेयरमा उम्मेदवारी दिएका बखत मेरो मन र मस्तिष्कमा युवाहरूकै चित्र थियो ।’ राप्रपाको राष्ट्रिय घोषणापत्रको आधारमा स्थानीय विषयवस्तु र जनसरोकारका सवाललाई समेटी स्थानीय घोषणापत्र बनाइएको छ र त्यसकै आधारमा आफू चल्ने र पार्टी पंक्तिलाई साथमा लिएर अघि बढ्ने उनको प्रतिबद्धता छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend