काठमाडौं । नेपाल प्रहरीको २९ औं आइजीपीमा नियुक्त भएका धिरजप्रताप सिंहलाई उनका सहकर्मी एआइजी रविन्द्रबहादुर धानुकले बधाई दिएका छन् ।
धानुकले प्रहरी संगठनको लक्ष्य र उद्देश्य प्राप्तीका लागि सकल दर्जालाई एकताबद्ध गराउनेगरी नेतृत्व गर्न आग्रह गरेका छन् । सिंह र धानुक एकै दिन एआइजीमा बढुवा भएका थिए ।
एआइजी धानुकले लेखेका छन्–‘नेपाल प्रहरीको प्रहरी महानिरीक्षकको रुपमा सहकर्मी मित्र धीरजप्रताप सिंहलाई हार्दिक बधाई ! गरिमामय संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सकल दर्जालाई एकताबद्ध गर्दै गतिशील नेतृत्वको लागि शुभकामना !