Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको मौसम पूर्वानुमान


    आइतबार, बैशाख १८ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।अहिले नेपालमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सातवटै प्रदेशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको छ ।

     आज दिउँसो देशभर नै केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।
    आज राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

    विभागका अनुसार प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार