Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बनेपाका मेयर लक्ष्मीनरसिंह बादेले एमाले छाडे


    शनिबार, बैशाख १७ २०७९
    405
    Shares
  • २ मिनेट पाठ
  • बनेपा । बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले एमाले पार्टी परित्याग गरेका छन् । एमाले नेता तथा ७० करोड रुपैयाँ घुसको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका पूर्व संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपाका मेयर र उपमेयरमा नयाँ उम्मेदवारलाई अगाडि सारेपछि बादे रुष्ट भएका थिए । बादेले शनिबार राजीनामा घोषणा गरेका छन् ।

    बास्कोटाले बनेपाको मेयरमा रत्नकुश रंजितकारलाई र उपमेयरमा हरिशरण दाहालकी श्रीमती बिमला सापकोटालाई उम्मेदवार बनाएको छ । हरिशरण समाजवादीतिर ढल्किएपछि बास्कोटाले एमालेमा ल्याए ।

    काभ्रे बार एशोसिसनको अध्यक्षमा उम्मेदवार बनाएको भए पनि पराजीत भएपछि उनकी श्रीमतीलाई उपमेयरको टिकट दिइएको छ । रंजितकारलाई टपक्क टिपेर मेयरमा उम्मेदवार बनाइएको भन्दै एमालेमा असन्तुष्टि छ । त्यही असन्तुष्टिकै शृंखलाका रुपमा मेयर बादेको एमाले त्याग भएको बताइन्छ ।  बादेले एमाले छाडे पनि कुनै पार्टीमा प्रवेश भने गरेका छैनन् ।

    हालकी उपमेयर बिमला दाहाललाई पनि एमालेले यसपटक नदोहोर्याएपछि एमालेका लागि बनेपा नगरपालिकाको चुनाव जित्न कठिन देखिएको छ । बनेपा नगरपालिकामा नेपाली कांग्रेस र समाजवादीबीच तालमेल भएको छ । उपमेयरमा समाजवादीका रघुवर चौ प्रधान उम्मेदवार छन् । मेयर बादेको एमाले त्यागले समाजवादीलाई लाभ पुग्ने आँकलन गरिएको छ ।  
    बनेपाको मेयर पदबाट राजीनामा पनि गरेका छन्  । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार