Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • स्वतन्त्र उम्मेदवार तथा दललाई आज चुनाव चिह्न प्रदान गर्दै निर्वाचन आयोग


    शनिबार, बैशाख १७ २०७९
    565
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरूलाई निर्वाचन आयोगले  आज चुनाव चिह्न प्रदान गर्ने भएको छ ।

    निर्वाचन कार्यतालिकाअनुसार आयोगले आज निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्न लागेको हो ।
    हिजो उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज चुनाव चिह्न प्रदान गर्दै छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले उमेदवार मनोनयन, उजुरीमाथि जाँचबुझ, मनोनयन फिर्ता कार्यक्रम सकेर हिजो उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो ।
    अब नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् ।

    उम्मेदवारहरूले निर्वान चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् । वैशाख ३० गते ७५३ स्थानीय तहमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार