Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्लाहीको हरिवन छाड्न नमान्दा माओवादी–समाजवादीको गठबन्धन धरापमा


    शुक्रबार, बैशाख १६ २०७९
    2.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सर्लाही । मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रले २०७४ को स्थानीय निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेको थियो । तर अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका दुई नेताको विवादले गर्दा मधेश प्रदेशमा माओवादी केन्द्रलाई नराम्रो धक्का पुग्ने भएको छ । मातृका यादव र गिरिराजमणि पोखरेलको इगोका कारण मधेशका धेरै जिल्लामा माओवादी केन्द्रलाई असर पर्ने भएको छ । 

    सर्लाहीका महेन्द्र राजमार्गसँग जोडिएका नगरपालिका हरिवन, लालबन्दी, बरहथवा, बागमती, इश्वरपुरमध्ये कतिमा माओवादीले जित निकालेको थियो भने कतिमा प्रतिस्पर्धामा दोस्रो भएको थियो । तर यो पटक माओवादीले हरिवनमा समाजवादीलाई छाड्दा इश्वरपुर, लालबन्दी, बरहथवा जित्ने निश्चित छ । तर माओवादी केन्द्रका अध्यक्ष कमल बुढाथोकीले हरिवनको मेयरमा उम्मेदवारी दिएकाले समाजवादी चिढिएको छ ।

    माओवादी केन्द्र र समाजवादी तालमेल गरी चारवटै पालिकामा जित्न सक्ने अवस्था छ तर समाजवादीको राम्रो प्रभाव रहेको हरिवनमा समेत बुढाथोकीले मेयरमा उम्मेदवारी दिएकाले तालमेल कार्यान्वयन नहुने भएको छ । यसअघिको निर्वाचनमा हरिवनको मेयरमा बुढाथोकी दोस्रो भएता पनि माओवादीबाट जितेका २ वडाध्यक्षसहित पार्टीका जिल्ला सचिवसमेत एमालेमा गएकाले पार्टी कमजोर भएको कुरा नै नबुझी बुढाथोकीले लिंडेढिपी गर्दा तालमेल भाँडिने अवस्थामा पुगेको समाजवादीका नेताहरुको आरोप छ ।

    हरिवनमा समाजवादीका प्रदेश सांसद डिल्ली उप्रेतीको प्रभाव राम्रो छ । पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा मेयरका उम्मेदवार भएकाले पनि हरिवनमा समाजवादीलाई छाड्दा अरु चार वटा नगरपालिकामा माओवादी जित्न सक्ने कुरा समाजवादी र माओवादीका नेताहरुले भन्दा पनि बुढाथोकीले नमान्दा सबै पालिका गुम्ने अवस्था निम्तिएकोमा दुवै पार्टीका नेताहरु दौडधुपमा लागेका छन् । उम्मेदवारी फिर्ता गर्ने दिन आज हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार