पोखरा । नेपाली कांग्रेस गोरखाले गठबन्धन नगरी मित्रवत प्रतिस्पर्धामा जाने निर्णय प्रदेश र केन्द्रीय समितिलाई बिहीबार बिहानै पठायो । कास्कीमा गठबन्धन नस्वीकार्नेहरूले प्रदेश पार्टी कार्यालयमै तोडफोड गरे । तनहुँ कांग्रेसले पनि गठबन्धन गर्न नसक्ने निष्कर्ष माथिल्लो निकायमा पठाएको छ ।
गठबन्धन भित्रको दोस्राे ठूलो दल माओवादी केन्द्र, तेश्रो दल एकीकृत समाजवादी र चौंथो दल जनता समाजवादी अहिले मौन छन् । उनीहरु मिल्ने पक्षमै देखिएका छन् । कांग्रेसको आरोप छ, ‘जनमत नभएका पार्टीले अस्वभाविक माग राखेको ।’ अरु दलहरु भने कांग्रेसले दम्भ देखाएको आरोप लगाउँछन् । सुरुदेखि हालसम्म पनि यही आरोप प्रत्यारोप कायम छ ।
यद्यपी गठबन्धन दलहरूको बैठक टुटेको छैन । बसिरहेको छ । सबै जिल्लाको प्रगति प्रतिवेदन मागेर बिहीबार रातिदेखि प्रदेशस्तरको गठबन्धन बैठक बसिरहेको छ । उनीहरूले जिल्लाको परिस्थितिका आधारमा प्रतिवेदन बनाएर आफ्नो केन्द्रीय पार्टीमा फरवार्ड गर्छन् । जिल्ला देखि प्रदेशसम्म पनि बैठक बसिरहेको छ ।
‘हामीले जिल्लाको रिपोर्ट कलेक्ट गरिरहेका छौं । सम्भवतः केहीबेरमै बस्तुस्थितिबारे केन्द्रिय समितिमा पठाउछौं,’ कांग्रेसका महामन्त्री विष्णुप्रसाद लामिछाने भन्छन्, ‘हामीले यहाँबाट मिलाउने कुनै अधिकार छैन । विचमा समन्वयको काम मात्रै हो ।’
साढे ११ पुनः बैठक बस्ने गरी प्रदेशको बैठक स्थगीत भएको छ । ‘अहिले मिल्ने जति यहीँबाट मिलाउने र नमिलेका विषय केन्द्रमा पठाउने भनेका छौं,’ माओवादी अध्यक्ष गायत्री गुरुङले भनिन्, ‘गठबन्धन हुन्छ भन्नेमा हामी विस्वस्त छौं । गठबन्धन असल रुपमा गयो भने मात्रै रिजल्ट निस्किन्छ ।’
जसपाका प्रदेश उपाध्यक्ष किरण थापाले आफुहरु गठबन्धनमा नहरने निर्णय भएको बताए । ‘एकल प्रतिस्पर्धा गर्ने निर्णय नै भयो । स्थानीय कमिटीले गरेको सहमति कार्यान्वयन हुन्छ । अन्त हामी जोड गर्दैनौं,’ उनले भने, ‘मैले गठबन्धनको बैठकमा त्यही जानकारी दिएर निस्केको हो ।’ प्रदेश नेताहरुका अनुसार अव गण्डकीमा तल्लो तहबाट गठबन्धन नहुने नै निधो भएको छ । तर केन्द्रले भने गठबन्धन नतोड्ने बताएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend