Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकी विदेशमन्त्री भन्छन्ः नेपालले आफ्नो शासन व्यवस्था र अन्तर्राष्ट्रिय संलग्‍नतामा अतुलनीय परिवर्तन देखेको छ


    शुक्रबार, बैशाख १६ २०७९
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको बताएका छन् । 

    नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा ट्वीट गर्दै विदेशमन्त्री ब्लिन्केनले भनेका छन्, ‘हामी साझेदारको रूपमा हाम्रा उपलब्धिहरूमा गर्व गर्छौं, र मित्रताको धेरै दशकहरूको लागि तत्पर छौं ।’

    उनले नेपालसँग धेरै दशक लामो मित्रताका लागि अमेरिका तयार रहेका बताएका छन् । 

    दोस्रो विश्वयुद्धको समाप्तिसँगै अमेरिका नेपाल सम्बन्ध स्थापना भएको थियो ।  सन् १९४७ अप्रिलमा अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि नेपालमा अमेरिकी दूतावासको औपचारिक स्थापना भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार