Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आईपीएलः दिल्लीद्धारा कोलकाता पराजित  


    शुक्रबार, बैशाख १६ २०७९
    595
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दिल्ली क्यापिटल्सले चौथो जित  निकालेको छ ।

    बिहीबार राति कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।  दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ४२ रन जोडे । रोभम्यान पावेलले ३३ रनको योगदान गरे । कोलकाताका उमेश यादवले ३ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । कोलकाताका नितिश रानाले सर्वाधिक ५७ रन बनाए । कप्तान श्रेयस एयरले ४२ रनको योगदान गरे ।

    दिल्लीका कुलदीप यादवले ४  र मुस्ताफिजुर रहमानले ३ विकेट लिए ।

    जितसँगै दिल्ली ८ खेलमा ८ अंक जोडेर  छैटौं स्थानमा  छ । कोलकाता ९ खेलमा ६ अंक जोडेर आठौं स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार