Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आईपीएलः हैदराबादलाई पराजित गर्दै गुजरात प्लेअफ नजिक


    बिहिबार, बैशाख १५ २०७९
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) -२०२२ मा सातौं जित निकाल्दै  प्लेअफ नजिक पुगेको छ ।

    जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बनाए । राहुल टेवाटियाले ४० रनको योगदान गरे । हैदराबादका उमरान मलिकले एक्लै ५ विकेट लिए ।

    यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो ।

    हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ६५ रन बनाए । यस्तै एडेन माक्ररमले ५६ रनको योगदान गरे । गुजरातका मोहम्मद शामीले ३ विकेट लिए ।

    जितपछि गुजरात ८ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ८ खेलबाट  १२ अंक जोडेर  दोस्रो स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार