Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वभर ८० प्रतिशतले बढ्यो दादुरा


    बिहिबार, बैशाख १५ २०७९
    520
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • न्युयोर्क। यस वर्ष विश्वभर दादुराका घटनाहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ । रोग बृद्धिले अन्य रोगहरूको प्रकोप हुने सम्भावना  संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको छ । 

    कोरोनाभाइरस महामारीले विश्वभर गैरकोभिड रोगहरूका लागि खोप अभियानहरू अवरुद्ध गरेको र यसले लाखौं बालबालिकाको जीवनलाई जोखिममा पार्न सक्ने राष्ट्रसंघीय बाल कोष युनिसेफ र विश्व स्वास्थ्य संगठनले जनाएका छन् । 

    राष्ट्रसंंघको तथ्यांकअनुसार जनवरी र फेब्रुवरीमा विश्वभर १७ हजार ३ सय जनामा दादुरा देखिएको छ । गत वर्ष सोही अवधिमा ९ हजार ६ सय जनामा यो रोग देखिएको थियो । 

    पछिल्लो १२ महिनादेखि अप्रिलसम्म दादुराका २१ वटा ठूला प्रकोप भएका छन् । तीमध्ये अधिकांश अफ्रिका र पूर्वी भूमध्यसागरमा देखिएका छन् ।  एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार