Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हराएको मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता


    बुधबार, बैशाख १४ २०७९
    485
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । मकवानपुर प्रहरीले दुईवटा हराएको मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

    हेटौंडा १० का ५८ वर्षीय भवनाथ भट्टराईको १३ वैशाखमा  आफ्नै घरबाट हराएको ना. ६३ प २१६ नम्बरको मोटरसाइकल हेटौंडा-१ चौकीटोलमा फेला पारी सम्बन्धित् धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

    त्यसैगरी हेटौंडा-१० का ४५ वर्षीय खड्क सिं वाईवाको मोटरसाइकल १३ वैशाखमा  हराएको थियो । हेटौंडा- ४ मा पार्किङ गरेर राखेको बा.प्र. ०३–००५ प ३११७ नम्बरको मोटरसाइकल हेटौंडा-२ मा फेला पारी सम्बन्धित धनीलाई बुझाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार