Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • १३ हजार गुनासो सम्बोधन, १७ सय लाभग्राही थप


    मंगलबार, चैत्र ४ २०७६
    600
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ४ चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार ३ सय ८५ गुनासो सम्बोधन गरी १७ सय ५ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ ।

    आज बसेको प्राधिकरणको कार्यकारी समितिको १३० औं बैठकले ४ सय ८५ प्रवलीकरण लाभग्राही पनि थप गरेको छ ।

    योसँगै पुनः जाँच तथा छुट सर्वेक्षण २०७५ एवं २०७६ बाट सङ्कलित १ लाख ८९ हजार गुनासोमध्ये १ लाख ८२ हजार ३ सय १ को नतिजा आएको छ । नतिजाअनुसार १७ हजार १ सय ६ पुनर्निर्माण लाभग्राही र ८ हजार ३ सय ८ प्रवलीकरण लाभग्राही कायम भएका छन्् ।

    बाँकी गुनासोको यही चैत्र मसान्तभित्र विश्लेषण गरी नतिजा प्रकाशित गरिने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । 

    त्यसैगरी, कार्यकारी समितिले ३ सय ५९ प्रवलीकरण लाभग्राहीलाई पुनर्निर्माण लाभग्राही कायम गर्ने निर्णय पनि गरेको छ ।

    प्राधिकरणले गुनासो सम्बोधनको नतिजा थाहा पाउनका लागि गुनासोकर्तालाई आ–आफ्नो स्थानीय तहमा सम्पर्क राख्न आग्रह गरेको छ ।
    आफू लाभग्राही भई अनुदान पाउन योग्य छु भन्ने लागेमा गैरलाभग्राही कायम भएका गुनासोकर्ताले पुनरावेदन गर्न सक्नेछन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार