Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विवादित सई राणाद्वारा पत्रकारलाई धम्की


    मंगलबार, बैशाख १३ २०७९
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बारा । नेपाल प्रहरीमा सेवा प्रवेश गरेदेखि नै तत्कालीन मध्यक्षेत्रीय प्रहरी कार्यालय हुँदै प्रदेश २ र हाल मधेश प्रदेशका हरेक डीआइजीको निकट भनेर सधैं लाभ लिन पल्किएका जुनियर अधिकृत सागर राणाले पत्रकारलाई धम्क्याएका छन् । बारा र पर्सामा डीआइजी र एसपीका घुमुवा राणाले तस्करीको संजाल नै चलाउँदैआएको बिषयमा समाचार प्रकाशित भएपछि उनले एक अनलाइनका पत्रकारलाई धम्की दिएका छन् ।

    उनी नेपाल प्रहरीको नायब निरीक्षक (असई)बाट सेवा प्रवेश गरी हाल सिनियर सई भइसक्दा पनि बारा र पर्सामै छन् । यसअघिका प्रदेशका डीआइजी उमेश रंजितकार र पर्सा–बाराका एसपीसम्मको सेटिङ गरी बारा र पर्साका सीमा क्षेत्रबाट तस्करी चलाउने गरेका छन् । यसै बिषयमा समाचार आउन थालेपछि उनले गएको शुक्रबार जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखामा बसेर काठमाडौबाट संचालित एक अनलाइनका पत्रकारलाई फोनबाट गाली गरेको अडियो नै नेपालफेसलाई प्राप्त भएको छ । नेपाल प्रहरीको आइजीपी मधेश प्रदेशमा कार्यरत रहिसकेका एक एआइजीलाई बनाउने भन्दै बनाउने भन्दै उनले बारा र पर्साबाट भन्सारछलीका सामान ओसारपसार गराउने कारोबारीसँग रकम माग्ने गरेको आरोप छ ।

    राणाको सेटिङका बारेमा समाचार लेखेने पत्रकारलाई फोन मार्फत् समाचार हटाउन भन्दै उनले गाली गरेको अडियोबाट स्पष्ट हुन्छ । सागरले पत्रकारलाई फोनबाट गाली गरेको सुनेर जिल्ला प्रहरीले कार्यालय पुगेका सेवाग्राहीहरुले प्रहरी हो कि गुन्डा हो कि भनेर छुट्याउन पनि गाह्रो अनुभूति एक नागरिकले बताए । राणाले बर्दीको कसरी दुरुपयोग गर्दछन् भन्ने दृष्टान्त उनी इलाका प्रहरी कार्यालय जितपुरको इन्चार्ज हुँदाको एक घटनाबाट स्पष्ट हुन्छ । राणा जीतपुरको इन्चार्ज हुँदा किराना पसलमा लसुन किन्न जाने क्रममा लसुनको पैसा माग्ने महिलालाई जबर्जस्ती थुनेको घटनासार्वजनिक भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार