Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टोखा मेयरमा विवेकशील साझाबाट लक्ष्मण सिटौलाको उम्मेदवारी


    सोमबार, बैशाख १२ २०७९
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । टोखा नगरपालिकाको प्रमुखमा विवेकशील साझा पार्टीबाट लक्ष्मण सिटौलाले उम्मेदवारी दर्ता गरेका छन् ।  मनोनयन दर्ताको पहिलो दिन आइतबार नै उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनको एक नम्बरमा दर्ता भएको छ । 

    सुवास सिटौला प्रस्तावक र हरिकृष्ण श्रेष्ठ समर्थकमा उनले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । 

    मनोनयन दर्ता गर्न उनी सांस्कृतिक झाँकीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।  विवेकशील साझाका केन्द्रीय सदस्य समेत रहेका सिटौलाले आफूलाई जनसमर्थन प्राप्त रहेकाले चुनाव जित्ने दाबी गरे । 

    ३३ वर्ष नेपाल वायुसेवा निगममा रहेर राष्ट्रसेवा गरेका उनका देश विकास र समृद्धिसम्बन्धी एक हजार चार सय लेख प्रकाशित गरेका छन् । 

    278825335_1081918765871594_3230778095976428560_n.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार