स्याङ्जा । एमालेले पोखरा महानगरपालिकामा मेयरको उम्मेदवार बनाएका दीपक पौडेल सुनको सिक्री चोरी प्रकरणमा बिबादित भएकाले उनको ठाउँमा कृष्ण थापालाई खडा गरिएको छ ।
पोखरामा जस्तै स्याङ्जाको गल्याङ नगरपालिकाका मेयरका उम्मेदवार सुर्यप्रसाद गैरे “पारस” पनि काण्डैकाण्डमा परेकाले रद्द हुने सम्भावना छ । गैरेलाई पोखराको सार्वजनिक जग्गा गैरकानुनी रुपमा दर्ता गरेको आरोपम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो ।
तत्कालीन भुमिब्यवस्था मन्त्री पद्मा अर्यालले माथिसम्म पहुँच पुर्याई उनलाई जोगाइएको थियो ।गैरे माओवादी भए पनि त्यही काण्डमा फसाउने पद्माको धम्कीपछि एमालेमै बसेका हुन् ।
गैरेले पोखरामा धेरै सरकारी जग्गा गैरकानुनी रुपमा दर्ता गरेको आरोप छ । उनीमाथि कुनै पनि बेला छानबिन हुने र मुद्वा चल्न सक्ने भएकाले उनको साटो अर्को उम्मेदवार खडा गर्न एमालेमाथि दवाब परेको छ। स्याङ्जा र पोखरामा मालपोत र नापीसहितका कर्मचारी सरुवामा समेत मुछिएका छन् ।