Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ह्वात्तै घट्याे सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


    सोमबार, बैशाख १२ २०७९
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सुनको भाउ सोमबार प्रतितोलामा तीन सय रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

    यसअघि आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

    साेमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी साेमबार एक हजार तीन सय ५० रुपैयाँ ताेकिएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार